काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनापछि आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा होमिएको छ । तर, विडम्बना ! महाधिवेशनमा पुराना राजनीतिक दल नेपाली कांग्रेस, एमाले र नेकपालाई नै माथ दिने खालका गतिविधि भइरहेका छन् । झडप र विरोधका बीच केही जिल्लाका अधिवेशन अझै हुन सकेका छैनन् भने प्रदेशका अधिवेशनहरू मतदान प्रक्रियामा जाँदा पनि स्थगित भएका छन् । सुशासन र अरूलाई राजनीतिक संस्कार सिकाउने भन्दै उदाएको रास्वपा आन्तरिक कलहमै रुमलिएको छ । विभिन्न स्थानमा दुई पक्षबीच मतभेद भएर अधिवेशन स्थगित हुँदा रास्वपा नेतृत्व मौन जस्तै छ ।
कसका कारणले यस्ता गतिविधि भइरहेका छन् ? के वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह र सभापति रवि लामिछाने समूहबीच आन्तरिक राजनीतिक कलह चुलिएको हो ? यो विषयले रास्वपाका सच्चा समर्थकहरूलाई सोच्न बाध्य पारेको छ ।
देश


प्रतिक्रिया