देश

महावीर पुन दोस्रोपटक मन्त्री, बालेनले दिए रोजेकै मन्त्रालय, नवप्रवर्तनमा नेपालले कस्तो फड्को मार्ला ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भई संसद्मा पाइला टेकेका महावीर पुन दोस्रो पटक मन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले स्वतन्त्र सांसद पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । प्रधानमन्त्री शाहले उनलाई विज्ञान, प्रविधि मन्त्रीमा नियुक्तिका लागि मङ्गलबार नै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । यसअघि यो मन्त्रालय प्रधानमन्त्री शाह आफ्नै मातहत राखेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पुनले पद तथा गोपनीयताको शपथ लिएसँगै मङ्गलबार नै कार्यभार पनि सम्हालेका छन् ।