काठमाडौं— सरकारले नतिजा दिने गरी रफ्तारमा काम गरिरहेको दाबी गरिरहेको छ । यद्यपि, सरकार गठन भएको साढे दुई महिना भयो, तर मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीले गृह मन्त्रालयसहित तीन मन्त्रालय आफैँसँग राखेका छन् । अहिले प्रधानमन्त्री बालेन शाह कार्यसम्पादनमा खरो उत्रिन नसकेका मन्त्रीहरूलाई हटाउने र मन्त्रिपरिषद्लाई पुनर्गठन गर्दै पूर्णता दिने तयारीमा छन् । विवादमा तानिएपछि रिक्त रहेको गृहमन्त्रालयमा निवर्तमान गृहमन्त्री सुधन गुरुङको नै ‘कमब्याक’ हुने चर्चा पनि उत्तिकै छ । सुधनमाथि आरोप लागेपछि छानबिन गर्न समिति नै बनाइएको थियो । समितिले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । निकटस्थहरूका अनुसार अब गृहमा सुधनकै कमब्याक हुँदैछ । तर, सरकारले त्यो प्रतिवेदन सार्वजनिक गरेको छैन । कहिले सार्वजनिक गर्ने भन्ने चासो उत्तिकै छ । स्वयं सुधनले पनि पुनः गृहमा फर्किने संकेत गरेका छन् । पार्टीको जिल्ला अधिवेशनका लागि गृह जिल्ला गोरखा पुगेका उनले आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति संकेत गरेका हुन् ।
देश


प्रतिक्रिया