देश

रास्वपाभित्र भाँडभैलो ः रविको काउन्टर, पद खोज्नेलाई चेतावनी, बालेन पक्षले ११ जिल्लामा उत्पात मच्चायो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं—राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह समूहबीच देखिने र सुनिने गरी टकराव बढेको छ । स्थानीय तहको अघिवेशनदेखि नै कडा टक्कर दिइरहेको बालेन समूहले जिल्ला अघिवेशनमा पनि आफ्नो बलियो उपस्थिति देखाएको छ । दुई समूहबीचको टक्करका कारण कतिपय क्षेत्रमा अघिवेशन नै रोक्नुपर्ने अवस्था आएको छ । पुरानो राजनीतिक संस्कारलाई बदल्ने र मुलुकमा वैकल्पिक शक्तिको उदय गराउने नारासहित स्थापना भएको पार्टी अहिले आएर आन्तरिक द्वन्द्वमा रुमलिएको हो । देशभरका ६६ जिल्लामा भइरहेको जिल्ला अधिवेशनको दृश्य हेर्दा लाग्छ— रास्वपाले नयाँ बन्ने नाममा पुराना दलहरूकै सबैभन्दा खराब प्रवृत्तिहरूलाई द्रुत गतिमा आत्मसात गरिरहेको छ । केन्द्रीय समितिको निर्णयअनुसार शनिबार ३६ जिल्लामा अघिवेशन भएका छन् । तर यी अधिवेशन प्रक्रिया लोकतान्त्रिक अभ्यासभन्दा बढी शक्ति प्रदर्शन र आफ्ना मान्छे उनुमोदन गर्ने केन्द्र बने । अधिवेशनको सबैभन्दा कुरुप दृश्य मधेश प्रदेश र सुनसरीमा देखिएको छ । मधेशका ८ मध्ये ५ जिल्लामा प्रतिनिधि छनोटलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ ।