काठमाडौं— गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि झण्डै तीन महिनासम्म सार्वजनिक कार्यक्रमबाट टाढै रहेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः सक्रियता देखाएका छन् । झापाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार एवं वर्तमान प्रधानमन्त्री बालेन शाहसँग पराजित भएपछि ओली लामो समय आफ्नो निवास गुण्डुमा पार्टीका बैठकलगायतका गतिविधिमा मात्र सीमित थिए । बालेन नेतृत्वको सरकार गठन भएको २४ घण्टा नबित्दै पक्राउ परेका उनी १३ दिनपछि अदालतको आदेशमा थुनामुक्त भएका थिए । यही बीचमा पित्तथैलीको शल्यक्रियापश्चात् उनी स्वास्थ्य लाभ गरिरहेका थिए । बुधबार पार्टीको केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै ओलीले समसामयिक राजनीतिमाथि थुप्रै सन्देश दिएका छन् । सार्वजनिक कार्यक्रमबाट ओलीले दिएका ९ सन्देशहरू के–के हुन् त?
देश


प्रतिक्रिया