काठमाडौं— प्रधानमन्त्री बनेपछि संसद्मा बालेन शाहको व्यापक खोजी भयो । संसद् अवरुद्ध हुँदा र स्वयं सभामुखले नै ‘बोलिदिनुहोस्’ भन्दै आग्रह गर्दा पनि उनी संसदमा आएनन् । आइतबार संसदमा सरप्राइज दिँदै उपस्थित भएका बालेनले नाटकीय शैलीमा प्रश्नोत्तर गर्ने भन्दै समय मागे । नियमावली विपरीत प्रधानमन्त्री गएको भन्दै सांसदहरूले आपत्ति जनाए पनि प्रश्नोत्तर कार्यक्रम अघि बढ्यो । तर, प्रधानमन्त्री बनेको दुई महिनापछि संसद्लाई सम्बोधन गरेका प्रधानमन्त्रीको बोलीले उनी र उनको दल रास्वपा अहिले विवादमा तानिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूको जवाफ दिने क्रममा नेपाल–भारतबीचको सीमा विवादबारे उनले दिएको अभिव्यक्ति विवादित बनेको छ । त्यसक्रममा प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई यो सुन्दा अचम्म लाग्ला, मैले पनि प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको– भारतले मात्रै नेपालको भूमि मिचेको छैन, नेपालले पनि भारतको भूमि मिचेको रहेछ ।’ उनले त्यो कुरा भर्खरै थाहा पाएको बताउँदै दुवै देशले अध्ययन गरेर, ‘नेपालले मिचेको छ वा भारतले मिचेको छ, के छ त्यसलाई बसेर साथीको रूपमा समाधान गर्ने’ सोचमा रहेको बताए ।
देश


प्रतिक्रिया