देश

रास्वपा महाधिवेशन ः महामन्त्रीको महाभिडन्त, रवि र बालेनका भित्रिया, भूपदेवदेखि दीपकसम्म (भिडयोसहित)

योहो संवाददाता

काठमाडौं— सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको चार वर्षपछि आगामी असार ७ गते पार्टी स्थापना दिवसको अवसर पारेर पहिलो महाधिवेशन गर्दै छ । पहिलो महाधिवेशनबाट निर्वाचित भई पदाधिकारी बन्ने चाहनाका साथ नेताहरूले आकांक्षा देखाउन थालेका छन् । विधानतः एक महामन्त्री रहने रास्वपामा अहिले दुई जना महामन्त्री छन् । आगामी महाधिवेशनमा दुई दर्जनभन्दा बढी महामन्त्रीका आकांक्षी देखिएका छन् । यदि निर्वाचन प्रणालीमा गएर प्रतिस्पर्धाबाटै पदाधिकारी चुनिए भने रास्वपाका पदाधिकारीका लागि योग्य हुन केन्द्रीय सदस्य निर्वाचित भएर दोस्रो चरणमा पदाधिकारी छान्ने प्रावधान छ । पार्टी गठन भएको चार वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको सत्तारुढ दल रास्वपाको मूल नेतृत्वसहित पदाधिकारीमा आउने व्यक्ति र आकांक्षीहरूप्रति चासो सुरु हुन थालेको छ । २०७९ असार ७ गते औपचारिक रुपमा स्थापना भएको रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर आगामी असार ७ गतेका लागि प्रथम राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो । रास्वपा विगत ४७ महिनादेखि तदर्थ समितिबाट सञ्चालित छ । अब हुने प्रथम महाधिवेशनबाट रास्वपाले निर्वाचित कार्यसमिति पाउने छ । सभापतिमा रवि लामिछाने निर्विकल्प जस्तै छन् ।