देश

बालेनको ब्रान्डमा चौतर्फी हमला, चस्मादेखि जुत्तासम्म, कांग्रेसले उपचार गर्ने, अपमानमा राष्ट्रपति चुप (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सोमबार नेपालको मात्रै नभएर संसारभरकै गणतान्त्रिक मुलुकको संसदीय इतिहासमा एउटा दुर्लभ घटना भयो । राष्ट्र प्रमुख (राष्ट्रपति) ले संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले बीचैमा बैठक छोडेर बाहिरिएपछि गणतन्त्रको अभ्यास गरिरहेका राष्ट्रहरूमा एक भिन्न खालको कीर्तिमान बनेको हो । र, त्यो दुर्लभ कीर्तिमान बनाउने प्रधानमन्त्री थिए— बालेन्द्र शाह ‘बालेन’ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले नै तयार पारेको वार्षिक नीति तथा कार्यक्रम वाचन गरिरहेकै बेला प्रधानमन्त्री बालेन संसदीय मर्यादा विपरीत बैठकबाट उठेर हिँडपछि यसले ठूलो बहस सिर्जना गरेको छ । तीन करोड नेपालीको भविष्य निर्धारण गर्ने योजना सुनाइरहँदा एकातर्फ प्रधानमन्त्रीको हर्कतबारे चर्चा छ भने अर्कातर्फ विपक्षीको कडा विरोध ।