काठमाडौं— झण्डै दुई–तिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाह आफूलाई थप शक्तिशाली बनाउन केन्द्रित छन् । तर उनको यो चाहनाका बीच विभिन्न अड्चन र दबाबले उनका लागि सुरुवाती दिनमा जस्तो सहज अवस्था अहिले छैन । उनी अहिले चौतर्फी घेराबन्दीमा परेका छन् । सत्ता सम्हालेको डेढ महिनामै प्रधानमन्त्री बालेन यी ६ विषयका कारण दबाबमा छन् ः
१. सुकुम्वासी बस्तीमा डोजर
सुरुवाती चरणमा प्रधानमन्त्री शाहले चलाएको डोजरले व्यापक प्रशंसा पायो । तर पछि यो विषय यति पेचिलो बन्यो कि स्वयम् रास्वपाले नै उनको यो कदममा रोक लगाउनु पर्ने अवस्था आयो । सुकुम्वासीका नाममा ‘हुकुम्वासी’का महलमा डोजर चल्दा उनले वाहवाही पाएका थिए, तर अहिले सुकुम्वासीको उचित व्यवस्थापनमा सरकार चुकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ……
देश


प्रतिक्रिया