देश

बालेनसँग भिड्न एकढिक्का हुँदै प्रतिपक्ष, सुकुम्वासीको आँसुदेखि अध्यादेश मुद्दा, कांग्रेस–एमाले बौरिँदै (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेको एक महिना बित्यो । सरकारले एकलौटी निर्णय गरेर शासन चलाउदैँ गर्दा केही ठाउँमा चुक्दा प्रतिपक्षी दलहरुले विजनेश पाइरहेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावताका भनेका थिए– रास्वपाको सरकार बने देशमा अमेरिकाको दवदबा बढ्छ । नभन्दै बालेन शाहको नेतृत्वमा सरकार गठन भएको महिना दिन वित्दा बवित्दै अमेरिकाबाट दुई उच्चस्तरीय भ्रमण भए । जसले ओलीको आरोपमाथि बल पुर्याएको छ । १० दिनको अन्तरालमा अमेरिकाबाट भएका यी दुई भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको चर्चा कुटनीतिक वृत्तमा चलेको छ……..