काठमाडौं— सरकारका प्रत्येक कदममा निगरानी राख्ने र खबरदारी गर्ने सशक्त प्रतिपक्षको भूमिकाले नै लोकतन्त्रलाई जीवन्त बनाउँछ । जहाँ एकातिर सबल सत्तापक्ष र अर्कोतिर सशक्त प्रतिपक्षले लोकतान्त्रिक सन्तुलनको निर्माण गर्छ । तर, अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईतिहाइ नजिकको बहुमत र बालेन्द्र शाहको शक्तिशाली सरकारका अगाडि प्रतिपक्ष कमजोर र निरीह देखिएको छ । संसदीय अंकगणितमा कमजोर देखिएका कांग्रेस–एमाले जस्ता दलहरू प्रतिपक्षी भूमिकामा पनि अत्यन्तै फितलो देखिएका छन् । बालेन नेतृत्वको सरकारको एक महिनाका काम जति सकारात्मक र स्वागतयोग्य छन्, त्यति नै विवादित र मानवीय संवेदनाका हिसाबले क्रुर देखिन्छन् । यस्तो अवस्थामा समेत प्रमुख प्रतिपक्षी दलका अधिकांश नेताहरू मौन बस्नुले कतै बलियो राज्यशक्तिले उनीहरूलाई ‘अवाक्’ बनाएको त होइन भन्ने संशय पैदा भएको छ । कुनै बेला सरकारका सामान्य निर्णयहरूमा समेत विरोध गर्दै सडक तताउने कांग्रेस र उसका नेताहरू अहिले सुकुम्वासी बस्तीमा डोजर लगाउँदा भएको मानवीय संवेदनाहीन प्रहारका विरुद्ध बोल्न सकेका छैनन् । सामाजिक सञ्जालमा केही नेताहरूले छिटपुट विरोध गरे पनि सभापति गगन थापाले न सरकारको विरोध गरे, न सुकुम्वासीहरूप्रति सहानुभूति नै देखाउन सके ।
देश


प्रतिक्रिया