राजनीति

रास्वपासँग भिड्न पुराना दल तयार, सदनमै मोर्चाबन्दी, गगन–प्रचण्ड भेटले तरंग, ओली पनि मिसिँदै (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । गत निर्वाचनमा अप्रत्याशित हार व्यहोरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शक्तिशाली सरकारविरुद्ध मोर्चाबन्दी गर्ने कसरतमा जुटेका छन् । सदनदेखि सडकसम्म जनमत गुमाउँदै गएका यी पुराना दलहरू बालेन सरकारका विवादास्पद निर्णय र राष्ट्रिय सहमतिका मुद्दामा एकै
ठाउँमा उभिएर आफूलाई पुनर्जागृत गर्ने रणनीतिमा देखिएका छन् ।