Breaking

बिचौलिया भट्टसँग उद्योगी शेखरको साझेदारी, सिआईबीद्वारा पक्राउ

योहो संवाददाता

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा काठमाडौंको नक्सालबाट पक्राउ परेका छन् । हिमालयन रि–इन्स्योरेन्स प्रकरणमा विवादमा रहेका गोल्छालाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो ।

हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्वअध्यक्षसमेत रहेका गोल्छा रि–इन्स्योरेन्सका पूर्वअध्यक्ष हुन् ।