काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपाबीच निर्वाचनअघि भएको पार्टी एकताले पूर्णता पाएको छ । प्रधानमन्त्रीमा पाँचै वर्ष शाह सुरक्षित भएपछि पार्टीको नेतृत्व गर्ने जिम्मा पाएका रवि लामिछानेले पनि पाँचै वर्ष आफू सभापति सुनिश्चित गर्ने तयारी गरेका छन् । फलतः आगामी असोजमा हुने एकता महाधिवेशनबाट सत्तारुढ दल रास्वपाको शक्तिशाली सभापति पदमा उनी दोहोरिँदै छन् । महाधिवेशनबाट सर्वसम्मत रूपमा आफू सभापतिमा चयन हुनका लागि लामिछानेले पार्टीभित्र आन्तरिक समीकरण मिलाउँदै लगेका छन् । बालेन शाहसँग भएको एकतालाई पूर्णता दिने क्रममा रास्वपाले बालेन निकट भूपदेव शाहलाई महामन्त्री बनाउँदा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई समेट्दै सचिवालयलाई पूर्णता दिएको छ ।
देश


प्रतिक्रिया