देश

बालेन–रविको दोस्तीको वर्ष, ओली–आरजुको पतन, सिंहदरबार र सर्वोच्च खरानी, विश्वकै ध्यान नेपालतिर (भिडियोसहित)


काठमाडौं— वर्ष २०८२ नेपाल र नेपालीका लागि राजनीतिक उथलपुथलको वर्षका रूपमा रह्यो । यो एकै वर्षमा देशले ३ जना प्रधानमन्त्री पायो । कहालीलाग्दो संकटबाट सुरु भएको यो वर्ष अन्ततः आशाको वर्षमा परिणत भयो । वर्षको मध्यतिर, अर्थात् भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिको मार्ग नै परिवर्तन गरिदियो । यसले राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह ग¥यो । जेनजी आन्दोलनकै बलमा तत्कालीन सरकार ढल्यो र प्रतिनिधिसभा विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ बन्यो । उक्त सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा ग¥यो । त्यही निर्वाचनले वैकल्पिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई झन्डै दुई–तिहाइको बहुमत दियो र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा मुलुकले शक्तिशाली नयाँ सरकार प्राप्त ग¥यो । यस निर्वाचनमा पुराना र स्थापित राजनीतिक दलहरू निकै साँघुरिए । जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाए, जसमध्ये ४५ जनालाई सहिद घोषणा गरियो ।