Breaking

अस्पतालका ब्रम्हलुट, नर्समाथि अन्याय, १० हजारमै लगाउँछन् काम, सरकारको तलब कागजमा सीमित (भिडियो)

योहो संवाददाता

काठमाडौं–दिनरात बिरामीहरूको स्वास्थ्य सेवामा खटिने नर्सहरू आफ्ना माग सम्बोधन नभएको भन्दै पटक–पटक सडकमा उत्रिँदै आएका छन् । चिकित्सा क्षेत्रको मेरुदण्ड मानिने नर्सहरू अहिले फेरि आन्दोलित बनेका छन् । अस्पतालमा बिरामीको स्वास्थ्य उपचार सेवा छाडेर उनीहरुलाई सडकमा आउन बाध्य बनाउने अरू कोही नभई अस्पताल व्यवस्थापकहरू नै हुन् ।

बर्सेनि हजारौँ नर्सहरू आफूले सरकारी मापदण्डभन्दा आधा तलब–भत्तामा काम गर्नुपरेको, जोखिम भत्ता नपाएको तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै न्यायको माग गर्दै संघर्ष गरिरहेका छन् ।

सरकारले नर्सको न्यूनतम तलब भत्ता ३४ हजार ७ सय ३० रुपैयाँ तोके पनि १० देखि १५ हजार रुपैयाँमा काम गर्न बाध्य छन् । त्यसैले आफूहरुमाथि चरम शोषण भएको भन्दै विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरू फेरि आन्दोलित बनेका हुन् ।