खेलकुद

एशिया कप : आज भारत र पाकिस्तानबीच भिडन्त, हात नमिलाएको बदला लिने पाकिस्तानको तयारी 


काठमाडौँ । एशिया कप टी–२० क्रिकेटमा सुपर–४ अन्तर्गत आज भारत र पाकिस्तानबीच भिडन्त हुने भएको छ । आज साँझ हुने भारत र पाकिस्नानबीचको खेलले विश्व क्रिकेट प्रेमीहरुको ध्यान खिचेको छ ।

एशिया कप टी–२० को चरणको खेलमा पनि भारत र पाकिस्तानबीच भिडन्त भएको थियो । उक्त खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्यो । तर, उक्त खेल विवादित बन्न पुगेको थियो । टसको समयमा भारतीय कप्तान सुर्यकुमार यादवले पाकिस्तानका कप्तान सलमान अलि आघासँग हात मिलाउन अस्वीकार गरे ।

खेलपछि पनि भारतीय खेलाडीले पाकिस्तानी खेलाडीसँग हात मिलाएनन् । त्यसपछि भारतीय खेलाडीको पाकिस्तानले विरोध गरेको छ । आजको खेलमा पहिलो खेलको हारको दबला लिदैँ हात नमिलाएको जवाफ दिने तयारीका साथ पाकिस्तानका खेलाडीहरु मैदान उत्रिने छन् । भने, उता भारतका खेलाडीहरु पनि उच्च मनोबलका साथ मैदानमा आउने छन् ।