खेलकुद

यु–१६ मा नेपालको प्रभावशाली प्रदर्शन, सिंगापुरसँग शनिबार फाइनल खेल्दै, हराउन कति सहज ? (भिडियो)


काठमाडौं – मलेसियामा जारी एसिसी यु–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले सानदार प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । (बिहीबार) भएको सेमिफाइनलमा नेपालले प्रतिस्पर्धी घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । नेपालले प्रतियोगितामा अहिलेसम्मको सबै खेल जित्दै अपराजित यात्रा कायम राखेको छ । ओपनर परिमार्जन यादवको उत्कृष्ट अर्धशतकमा मलेसियालाई पराजित गर्दै फाइनल पक्का गरेको हो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव ४ ओभरमा १ विकेट मात्र गुमाउँदै पूरा ग¥यो । नेपालका लागि ओपनर परिमार्जन यादवले सानदार अर्धशतक प्रहार गरे । ३५ बलको सामना गरेका उनले ५ चौका र ५ छक्काको सहयोगमा अविजित ५९ रन बनाए । तेस्रो नम्बरमा आएका शिवांश बजगाईंले पनि पाँच चौका प्रहार गर्दै अविजित २३ रन बनाए । त्यसअघि ओपनर प्रशिद्ध जैशी १६ बल खेल्दै मात्र दुई रनमा आउट भएका थिए ।