मनोरञ्जन

शेर्पा संघ जापानले बृहत फङ्ङी साँझ २०२५ आयोजना गर्दै


काठमाडौं – शेर्पा संघ जापानले तेस्रोपटक बृहत फङ्ङी सॉझ २०२५आयोजना गर्ने भएको छ ।
आउदो जुलाई २७ तारिखका दिन टोक्यो सिनओकुबो स्थित रोयल गार्डन रेष्टुरेन्टमा दिउँसो १ बजेदेखि बेलुकि ८ बजेसम्म आयोजन हुन गइरेहको कार्यक्रममा हिमाली शेर्पा जातिहरुको मौलिक श्याब्रु नृत्य, एकल नृत्य ,अन्य कलाकार र गायकहरूको प्रस्तुति हुने शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामा शेर्पाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम लोसार कार्यक्रम जस्तै औपचारिक रूपमा सम्पन्न हुने जनाईएको छ । कार्यक्रममा गायक दावा के शेर्पा साथै गायक सोनाम कहानीको प्रस्तुति रहने छ । यसैगरी जापानका चर्चित डिजे नविन लामाले मनोरन्जननात्मक प्रस्तुति दिने भएकाले सम्पुर्ण जापानबासी शेर्पा तथा अन्य नेपालीहरुलाइ उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

के हो फङ्ङी चाँड र कसरी मनाइन्छ ?

फड्डी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्रमास )पात्रोअनुसार छैटौं महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ ।

चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ ।

यो एक हप्ताको हुन्छ। यस अवसरमा शेर्पाहरूले फङ्ङी मनाउने चलन छ । यस चाडमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ ।

यो चाड मनाउनको लागि परम्परागत रूपमा समिति छनोट गरिएको हुन्छ । यसलाई फङ्ङी लावा भनिन्छ । यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउने चलन छ । यो चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोक गीतहरू जलु, ठलु आदि गाउने परम्परा छ । चाड मनाइ सकेपछि अर्को वर्षको लागि आयोजक समिति छनोट गरिन्छ ।

समिति छनोटपछि नयाँ आयोजक समितिलाई स्वागत तथा पुरानो आयोजक समितिलाई (खातक) खादाद्वारा बिदाइ गर्ने चलन छ ।