अन्तर्राष्ट्रिय

Iran-Israel War : इरानको शवयात्रामै ट्रम्पविरुद्ध चर्को नारा, आणविक बनाएरै छाड्ने खामेनीको उद्घोष (भिडियो)


काठमाडौं – इरान–इजरायलबीचको १२ दिने युद्धविराम भए पनि विश्वभरका देशहरू, विशेषगरी पश्चिमा राष्ट्रहरू, इरानको आणविक कार्यक्रमको भविष्यलाई लिएर चिन्तित छन्। यस युद्धले इरानको आणविक क्षमतामा कस्तो प्रभाव र्पायो भन्ने विषयमा विभिन्न दाबी र दृष्टिकोणहरू सार्वजनिक भइरहेका छन्। । यो युद्धमा इरानले आफ्ना सैन्य कमाण्डरहरू र आणविक वैज्ञानिकहरू सहित ६० जना गुमाएको छ भने उनीहरुको सामूहिक राजकीय अन्त्येष्टि गरेको छ । जसले इरानको आणविक दौडमा पुगेको बौद्धिक क्षति प्रष्ट हुँदा अमेरिका र इजरायल ले इरानका आणविक भट्टी र केन्द्रहरूमा गम्भीर क्षति र्पुयाएको दाबी गरेका छन्। । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानको आणविक कार्यक्रम दशकौँ पछाडि धकेलिएको र आफूले यसलाई समाप्त पारेको बताएका छन्।