काठमाडौं – आज राष्ट्रिय धान दिवस मनाइँदैछ । विक्रम सम्वत २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ देखि असार१५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो ।
असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
घरबाट निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ । दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ ।
प्रतिक्रिया