काठमाडौं—काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा पे्रmन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुन लागेको हो ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता निर्देशक ज्योति भण्डारीले जानकारी दिए । कुल १० ओभरमा हुने लिगमा १० वटा फ्रेन्चाइज टिमको प्रतिष्पर्धा हुनेछ । बुढानीलकण्ठ नगरपालिकास्थित चुनिखेलमा रोयल स्पोट्र्स पार्कमा उक्त लिग हुनेछ । सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् ।
लिगको शीर्ष चार टोलीले सेमिफाइनलमा पुग्नेछन् । एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् । राष्ट्रिय खेलाडीलाई मार्कीमा राख्नुपर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया