खेलकुद

नेसन्स लिग : पोर्चुगलले जित्यो उपाधि


काठमाडौं—पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।

टाइब्रेकरमा पोर्चुगल ५–३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

सको ५ मिनेटमा नै नुनो मेन्डेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४५औं मिनेटमा मिकेल ओयरजाबालले गोल गरेपछि पहिलो हाफमा स्पेन २–१ ले अगाडि रह्‍यो । दोस्रो हाफको ६१औं मिनेटमा स्टार सिनियर खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा गयो ।

पोर्चुगलले यसअघि नेसन्स लिगको पहिलो संस्करण २०१८–१९ को उपाधि जितेको थियो । त्यसयता फ्रान्स र स्पेनले १–१ पटक उपाधि जितेका थिए । भेट्रान स्ट्राइकर रोनाल्डोका लागि पोर्चुगलबाट यो तेस्रो अन्तर्राष्ट्रिय उपाधि बन्यो । यसअघि सन् २०१६ को युरो र २०१९–१९ को नेसन्स लिग पोर्चुगलले जितेको थियो । पोर्चुगलले फिफा विश्वकप फुटबलको उपाधि भने जित्न सकेको छैन ।