अन्तर्राष्ट्रिय

क्यान्सरमा वैज्ञानिकले पाए सफलता, औषधिले बचाउन सक्ने प्रमाणित, टाउँको र घाँटीका लागि लाभैलाभ(भिडियो)


काठमाडौं—एक नयाँ अध्ययनले इम्युनोथेरापी औषधिको प्रयोगले टाउको र घाँटीको गम्भीर क्यान्सर भएका बिरामीहरूमा क्यान्सर पुनः फर्कन नदिई उनीहरूको बाँच्ने सम्भावना उल्लेख्य रूपमा बढाएको देखाएको छ ।

वैज्ञानिकहरूका अनुसार, यो पछिल्लो दुई दशकयताकै सबैभन्दा महत्वपूर्ण सफलता हो । हालै गरिएको इम्युनोथेरापी औषधिको क्लिनिकल परीक्षणले टाउको र घाँटीको क्यान्सरबाट पीडित बिरामीको आयु लम्ब्याउन सक्ने देखाएको हो ।