बार्सिलोनाले २८औंपटक ला लिगाको उपाधि जितेको छ । एस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगाबै उपाधि रक्षा गरेको हो । जितसँगै बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पु¥याएको छ ।
जुन दोस्रो स्थानको रियल मड्रिडको भन्दा सात अंक बढी हो।बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गरे। यमलले ५३औं मिनेटमा गोल गरेका हुन्। लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।
प्रतिक्रिया