खेलकुद

ओलीको पहिलो निर्णयमै धक्का, समयमा सकिएन त्रिवि मैदान, के भन्छ ठेकेदार कम्पनी ?(भिडियो)


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएपछि पहिलो क्याबिनेट निर्णय गरे– कीर्तिपुर रंगशाला ३०० दिनभित्र बनाउने ।

तर गत बुधबार ठ्याक्कै ३ सय दिन पूरा हुँदा त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्य आधा मात्रै सकिएको छ ।

देशको प्रधानमन्त्रीकै निर्देशनमा अगाडि बढाइएकोसंघीय राजधानी काठमाडौंको नाकै छेउको काम सम्पन्न नहुनुले यो देशमा विकास निर्माणका काम कसरी भइरहेका छन् भन्ने उदांगिएको छ ।