खेलकुद

देसो फूटबल क्लबले जित्यो तेस्रो इक्सान कप


काठमाडौँ – ईक्सान नेपाली फूटबल क्लबद्वारा दक्षिण कोरियामा आयोजित इक्सान कप तेस्रो सस्करणको उपाधि देसो फूटबल क्लबले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा अर्को टोली जे एन् एफसीलाई २–० ले हराउदै उपाधि हातपारेको हो । २३ टोली सम्मिलित उक्त प्रतियोगीतमा गत सनिबार भएको सेमिफाइनलमा देसो एफसीले मोक्फो एफसीलाई १–०ले पछिपार्दै फाइनल्म स्थान पक्क गरेको थियो। यस्तै जे एन् एफसीले ख्वाङ्जु एफसीलाईहराउदै फाइनल् प्रवेश गरेर्को थियो।

उक्त खेलमा उत्कृस्ट गोलरक्षक देसो एफसीका किशोर योङहङ , उत्कृस्ट खेलाडिको साथै सर्वाधिक गोलकर्ताको उपाधि देसो एफ्सीकै दिवस गिरीले हात पारेका छन् । यस्तै उत्कृस्ट डिफेन्डर जे एन् एफसीका निरज जङ्ग कार्की , उत्कृस्ट मिड्फिल्डर जे एन् एफसीका रोन्निङ राई, उत्कृस्ट फरवाडर जे एन् एफसीकै सुनिल चाम्लिङले प्राप्त गरेका छन् ।

बिजेता देसो एफसीले कोरियन ३५ लाख वान ९रु। ३लाख ५० हजार०का साथमा ट्रफी,मेडल र प्रमणपत्र प्राप्त गरेका छन् । देसो एफ्सीको यो पहिलो जित हो।