काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि ललितपुर सिटी एफसीले हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको फाइनल खेलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बनेको हो ।
ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए । च्याम्पियन बनेको ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख हात पारेको छ ।
प्रतिक्रिया