Uncategorized

गल्ती सच्याएर सबै पारस्परिक कर पूर्ण रूपमा रद्द गर्न अमेरिकालाई चीनको आग्रह


काठमाडौं—चीनले अमेरिकालाई सबै पारस्परिक महसुल (रेसिप्रोकल ट्यारिफ) रद्द गर्न आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक उत्पादनलाई पारस्परिक शुल्कबाट छुट दिने निर्णय गरेपछि चीनले सबै पारस्परिक महसुल रद्द गर्न आग्रह गरेको हो ।

अमेरिकाले स्मार्टफोन र कम्प्युटरलगायत इलेक्ट्रोनिक सामानमा पारस्परिक कर नलाग्ने घोषणा गर्दा चीनलाई पनि राहत भएको छ।चिनियाँ अधिकारीहरूले ट्रम्पलाई पारस्परिक करहरू ‘पूर्ण रूपमा रद्द’ गर्न आह्वान गरेका छन् ।

ट्रम्पको पारस्परिक कर लागू भएदेखि नै विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच करयुद्ध चलिरहेको छ। चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी अमेरिकालाई गल्ती सच्याउन र पारस्परिक सम्मानको सही बाटोमा फर्कन आग्रह गरेको छ ।