खेलकुद

यू–१९ विश्वकप एसिया छनोट : नेपालले आज ओमानसँग खेल्दै


काठमाडौं—काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ ।

खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दति अनुसार ५ रनको जित निकाल्दै विजयी सुरुवात गरेको छ ।

ओमान भने आइतबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको पराजित भएको थियो ।