काठमाडौं—नेपाल सुपर लिगमा आज काठमाडौं र धनगढी भिड्दै छन् । आज साँझ दशरथ रंगशालामा काठमाडौं र धनगढी भिड्न लागेका हुन् ।
अंक तालिकमा काठमाडौँ तेस्रो र धनगढी चौथो स्थानमा रहेका छन् । अघिल्लो खेलमा चितवनलाई पराजित गर्दै ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चितवनलाई २–१ ले हराउँदै ललितपुर लिगको शीर्षस्थानमा उक्लिएको हो । योसँगै चितवनको अपराजित यात्रामा ब्रेक लागेर दोस्रो स्थानमा झरेको छ ।
ललितपुरको जितमा इमोह इजेकियल र मणिकुमार लामाले गोल गरेका थिए भने चितवनका लागि भिक्टर मानसरेले सान्त्वना गोल गरेका थिए ।
प्रतिक्रिया