अटो

नेपालमा यामाहा मोटरसाइकलहरूको विकासक्रम: पर्फर्मेन्स र स्टाइलको यात्रा


नेपालमा मोटरसाइकल सेग्मेन्टको एक प्रमुख ब्राण्डको रूपमा वर्षौंदेखि परिचित यामाहाको मुख्य ध्यान सधैं इनोभेटिभ डिजाइनर हाइ-पर्फर्मेन्स भएका बाइकहरूमा रहिरहेको छ। शहरी यात्रा र लामो साहसिक यात्रा दुवैका लागि उत्तम यामाहा मोटरसाइकलहरूले पर्फर्मेन्स र स्टाइलमा नयाँ स्ट्यान्डर्ड सेट गरेका छन्।

सन् २००८ मायामाहा नेपालले फ्यूल इन्जेक्शन (FI) प्रविधि प्रस्तुत गर्योजुन उद्योगमा एउटा ठूलो कदम थियो। नेपालमा FI मोटरसाइकल ल्याउने पहिलो ब्राण्डका रूपमा यामाहाले इन्धन दक्षतापावर डेलिभरीमा सुधार र उत्सर्जन घटाएर बाइकलाई अधिक सस्तो र इको-फ्रेन्ड्ली बनायो। यस प्रविधिले यामाहालाई प्रतिस्पर्धामा अगाडि राख्न मद्दत गर्यो।

ब्राण्डले ल्याइरहने प्रसिद्ध मोडेलहरूले नेपालका राइडरहरू बीच लोकप्रियता प्राप्त गरेको छ। स्टाइलिश डिजाइन र सिम्पल ह्यान्डलिङका लागि प्रसिद्ध FZ सिरिजशहरका राइडरहरूको लागि प्रमुख छनोट हो। R15 ले स्पोर्टी लुकसँगै एरोडायनमिक डिजाइन प्राप्त गरेको छजसले युवा बाइकप्रेमीहरूको बीचमा ठूलो लोकप्रियता कमाएको छ। MT-15 ले यामाहाको ‘Dark Side of Japan’ संस्कृतिलाई अपनाउँदै आफ्नो डिजाइन र पर्फर्मेन्स दुवैमा जोश प्रस्तुत गर्छ। राइडरहरूलाईनेपालका दुर्गम इलाकामा बिना रोकावट यात्रा गर्न सक्षम बनाउनेWR 155Rलाई अफ-रोड राइडिङको लागि डिजाइन गरिएको हो।

यामाहाले स्कूटर सेग्मेन्टमा पनि राम्रो प्रगति गरेको छ। RayZR 125 FI Hybrid एउटा नयाँ हाइब्रिड स्कूटर होजसमा Hybrid Power Assist प्रविधि लागू गरिएको छ।यसले एक्ससिलेरेशनमा बूस्ट प्रदान गर्नुका साथै इन्धन दक्षता पनि उल्लेखनीय रूपमा सुधार गर्दछ। यस प्रविधिले शहरी क्षेत्रको यात्रालाई अझ किफायती, सजिलोर वातावरणमैत्री बनाउँछ।

मोटरसाइकल र स्कूटरका अलावा यामाहा नेपालले ब्लू स्ट्रिक कम्युनिटी नामक एक सक्रिय बाइक कम्युनिटी पनि बनाएको छ। यो प्लेटफर्म यामाहा राइडरहरूलाई इभेन्ट्सग्रुप राइड्स र अन्य संगठित गतिविधिहरू मार्फत जोड्दछजसले नेपालमा बाइकप्रेमीहरू बीच भाईचाराको भावना सिर्जना गर्दछ।

इनोभेसनपर्फर्मेन्स र स्टाइलका आधारमा आफ्नै शैली र मूल्यहरूस्थापित गरेको यामाहा नेपालमा राइडिङ अनुभवलाई निरन्तर रूपले सुधार गर्दैछ। आज भएका प्रविधिका थुप्रै नयाँ विकास र आधुनिक डिजाइनका माध्यमबाटयामाहा भविष्यर आउँदा वर्षहरुमा मोटरसाइकलिङको पुन:परिभाषा गर्दैछजसले अन्ततः राइडिङको रोमान्चलाई कुशल र स्टाइलिश तरिकामा प्रस्तुत गर्नेछ।