काठमाडौं—प्रिमियर लिगमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन्।वल्र्ड ट्राफोर्डमा गएराति सिटी र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन्।युनाइटेडले गोलका लागि १३ प्रहार गरेको थियो भने सिटीले ९ प्रहार गरेको थियो ।
यद्यपि दुवै तर्फबाट गोल हुन सकेन।सिटी पाँचौं र युनाइटेड १३ औं स्थानमा छ।गएराति नै भएको खेलमा फुलहमसँग लिभरपुल३–२ गोलले पराजित भएको छ।क्राभेन कटेजमा १४ औं मिनेटमा म्याक अलिस्टरको गोलबाट लिभरपुलले अग्रता लिएको थियो।फुलहमका ¥यान सेसेग्ननले २३ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
३२ मिनेटमा एलेक्स लोबीले गोल थपे। त्यसको पाँच मिनेटपछि रोद्रिगो मुनिजले गोल गर्दा पहिलो हाफमा फुलहम ३–१ गोलले अगाडि थियो। दोस्रो हाफको ७२ मिनेटमा लुइस डियाजले गोल फर्काए तर त्यसपछि थप गोल गर्न नसक्दा लिभरपुल पराजित भयो । यद्यपि लिभरपुल शीर्षस्थानमा बलियो अवस्थामा छ। उसले ३१ खेलबाट ७३ अंक जोडेको छ। फुलहम ४८ अंकसहित आठौं स्थानमा छ।
प्रतिक्रिया