काठमाडौं—अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसविविध कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर जातीय विभेद उन्मुलन दिवसकोरुपमा मनाउने गरिन्छ।नेपाल पनि उक्त महासन्धिको पक्ष राष्ट्र हो।
दिवसको सन्दर्भमा नेपालमा पनि दलित नागरिक समाज र संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी जातीय विभेदको अवस्था र उन्मूलनका विषयमा छलफल गर्दैछन्।जातका आधारमा असमानता र विभेद अहिले पनि व्याप्त रहेको दलित अधिकारकर्मीहरू बताउँछन् ।
नेपालले कानुन बनाएरै जातीय विभेद र छुवाछुतलाई दण्डनीय हुने व्यवस्था गरेको छ । २०६३ सालमा पुनःस्थापित संसद्ले जातीय भेदभावमुक्त राष्ट्र घोषणासमेत गरेको थियो। वर्तमान संविधानले समेत जातका आधारमा हुने भेदभावलाई दण्डनीय हुने प्रावधान छ। तर व्यवहारमा भने राज्यका निकायको जिम्मेवार पदमा रहेकै व्यक्तिहरूको संरक्षणमा दलित समुदायमाथि भेदभाव, अन्याय र अत्याचारका घटना भइरहेका अधिकारकर्मीहरूको गुनासो छ ।
प्रतिक्रिया