राजनीति

जनमत र नागरिक उन्मुक्तिबिच पार्टी एकताको तयारी


काठमाडौं—प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी र चार सिट रहेको नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अघि बढेको छ ।

गत निर्वाचनबाट मधेश र थरुहटमा उदाएका जनमत र नागरिक उन्मुक्तिले आगामी निर्वाचनमा तराई–मधेशमा निर्णायक शक्ति बन्ने लक्ष्यसहित एकता प्रक्रिया अघि बढाएका हुन् ।एकता गर्न जनमतले आधिकारिक निर्णय गरिसकेको छ भने उन्मुक्तिले निर्णयका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

एकतापछि पार्टीको नाम जनमत र चुनाव चिह्न ढकिया राख्ने समझदारी छ । एकतापछि रेशम चौधरी संरक्षक, सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष हुने मोटामोटी समझदारी बनेको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले जानकारी दिनुभयो । एकता सम्बन्धमा छलफल गर्न उन्मुक्तिले आज र भोलि बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकले एकता सम्बन्धमा निर्णय गर्ने सांसद तथा नेता गंगाराम चौधरीले जानकारी दिनुभयो ।