अन्तर्राष्ट्रिय

भारतमा माओवादी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा २२ जनाको मृत्यु


काठमाडौं—लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्यभारतको जंगलमा कम्तीमा २२ माओवादी विद्रोहीको मृत्यु भएको छ ।

भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यानगइसकेको छ ।

छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्ध सैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बिजापुर जिल्लामाबिहान सबेरै भएको झडपमा १८ जना लडाकुसहित २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राज्यको दक्षिणी क्षेत्रमाभएको छुट्टाछुट्टै भिडन्तमा अन्यचार विद्रोहीमारिएका छन् । दुवै युद्धस्थलमा खोजीकार्य जारी रहेको र सुरक्षाबलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ ।