काठमाडौं—चीनले यस वर्षको सुरुवातमै मादकपदार्थ सेवनसँग सम्बन्धित अपराधमा आरोपी चार जना क्यानडाका नागरिकलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीकाअनुसार क्यानडाका अधिकारीले उक्तखबरको पुष्टि गरेका छन् ।
क्यानडाका विदेशमन्त्री मेलानीजोलीले बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनीहरु सबैसँग दुई देशको नागरिकता रहेको र उनीहरुको परिवारको अनुरोधमा पहिचान गोप्य राखिएको बताएकी छिन् ।चीनको उक्त निर्णयको निन्दागर्दै विदेशमन्त्री जोलीले यो सजाय मौलिक मानवीय गरिमा विपरीत रहेको बताएकी छिन् ।
साथै उनले व्यक्तिगत रुपमा दयाको अपिल समेत गरेकी छिन् । रिपोर्ट अनुसार क्यानडास्थित चिनियाँदूतावासका प्रवक्ताले मृत्युदण्ड सजाय सुनाइएका क्यानडाका तीन नागरिकहरुविरुद्ध अपराधको ठोस र मजबुद प्रमाण रहेकाले गैर जम्मेवार टिप्पणी बन्दगर्न क्यानडासँग अनुरोध गरेका छन् ।
प्रतिक्रिया