काठमाडौं—नेपालप्रहरीकाप्रहरी महानिरीक्षक (आइजिपी) दीपकथापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । आज बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बन्नुभएको छ ।
दज्र्यानीचिन्ह ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभइ पद्धतिको थितिबसाल्न प्रयत्नगर्ने बताए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमनचयन र कानूनी राज्यको प्रत्याभुति दिलाउन आफूले पहलगर्ने बताए।
प्रतिक्रिया