राजनीति

चालु आ.व.मा शहरी विकास मन्त्रालयको वित्तीय प्रगति १७.९३ प्रतिशत


काठमाडौं—शहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा बोलपत्र आह्वान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरुमध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरुको ठेक्का सम्झौता भएको जनाएको छ । जसमध्ये १२४ वटा कार्यक्रमहरुको निर्माण कार्य सम्पन्न भएको जनाएको छ । आज मन्त्रालयको चालु आ.व.को प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण मैनालीकाअनुसार शहरी विकास मन्त्रालयको वित्तीय प्रगतिमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा यस वर्षको बजेट जम्मा ९१ अर्ब ५५ करोड २३ लाख रहेकोमा संघतर्फ ६८ अर्ब ३५ करोड ८३ लााख ३९ हजार रहेको बताए । जसमध्ये चालुतर्फ ४ अर्ब ८२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ ६३ अर्ब २३ करोड ४५ लाख १६ हजार विनियोजित रहेको जानकारी दिए ।

हालसम्म चालुतर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगततर्फको खर्च १७.४३ प्रतिशत रहेको बताउनु भयो । हालसम्म जम्मा १२ अर्ब २४ करोड ३ लाख ८७ हजार (१७.९३ प्रतिशत) खर्च भएको बताए ।