राजनीति

न बोल्छन् रवि, न बोल्छ रास्वपा, राजा कि राष्ट्रपति ?मुकुलले गरेको खुलासा, जता मल्खु उतै ढल्कु (भिडियो)


काठमाडौं—गणतन्त्र कि राजतन्त्र भन्दै दुई धारमा सिंगो देश विभाजित हुँदा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मौनता साध्नुलाई भने अस्वभाविक रुपमा हेरिएको छ । अहिलेसम्म रास्वपाले राजतन्त्र वा गणतन्त्रमध्ये कुनै एउटा पक्षमा आफ्नो धारणा सार्वजनिक गरेको छैन ।

सत्ता र प्रतिपक्षमा भए पनि गणतन्त्र पक्षधर दलहरुले राजतन्त्रविरुद्ध एकस्वर गरे पनि रास्वपाका नेता तथा सांसदहरुले यस विषयमा कुनै पनि धारणा राखेका छैनन् । उनीहरुको यो मौनता गजबको देखिएको छ भने पार्टीको धार के हो भन्ने कुराले कार्यकर्ताहरु अन्योलमा परेका छन् । कुनै पनि पक्षमा रास्वपा नखुल्दा पार्टीको धार स्पष्ट हुन नसकेको देखिन्छ ।