काठमाडौं—रुसी राष्ट्रपति भाल्दमिर पुटिनले युद्धग्रस्त कुस्र्क क्षेत्रको भ्रमण गरेका छन् । सेनाको पोशाकमा देखिएका पुटिनको यस भ्रमणलाई अमेरिकाले युक्रेनसँग गरेको युद्धविरामको सहमति नमानेको अर्थमा हेरिएको छ।
पुटिनले अमेरिका र युक्रेनबीच युद्धविराम गर्ने सहमति भएको केही घण्टापछि नै कुस्र्क क्षेत्रमा सेनाको पोशाक सहित भ्रमण गरेका थिए । युक्रेनले गत अगस्टमा रूसको कुस्र्क क्षेत्रमा कब्जा गरेको ९० प्रतिशत क्षेत्र गुमाएको छ । पुटिनको कुस्र्कको भ्रमणले ह्वाइट हाउसको पक्षमा आफूलाई फिर्ता ल्याउन युक्रेनको पीआर सफलताबाट ध्यानविचलित गरेको देखिएको छ ।
अहिले विश्वले नै रूसले अमेरिकाको मध्यस्थतामा गरेको युद्धविरामका सर्तहरू स्वीकार गर्छ किगर्दैन भनेर जान्न पर्खिरहेको बेला, पुटिनको यस भ्रमणले थपअन्योलता बढाएको छ । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको प्रस्तावलाई रुसले अस्वीकार गरेमा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेका छन् ।
प्रतिक्रिया