काठमाडौं—कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्याभएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।
सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँचजनालाई नियन्त्रणमा लिएको छ ।
मृतकको शवपोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्लाप्रहरीका सूचनाअधिकारी कृष्ण केसीले बताए ।
प्रतिक्रिया