Breaking

डोरीले बाटो छेके हामीलाई भन्नुहोला : प्रहरी


होली पर्वको बहानामा विभिन्न स्थानमा डोरी तेर्साएर रकम माग गर्ने समूह फेला परे प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले सार्वजनिक बाटोमा हुने कुनै पनि अवरोध पन्छाउन प्रहरी तयार रहेको बताए ।

त्यसरी बाटो छेकेर पैसा उठाउने क्रममा सुरक्षा समस्या पनि हुने कारण प्रहरीले भेटेसम्म नियन्त्रणमा लिएको उनले बताए । तर, सहरका भित्री सडक र गल्लीमा हुने त्यस प्रकारको गतिविधिबारे प्रहरीलाई सूचना नहुँदा अप्रिय घटना हुने गरेको बोहराले बताए ।