सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रुपले छलफल गुर्नपर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताए । मन्त्री गुरुङले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गरे । उनले विषय वस्तुमाथि द्वन्द्वात्मक रुपले बुझ्ने क्षमता प्रतिपक्षहरुसँग नभएको अरोप लगाए।
मन्त्री गुरुङले सुशासन प्रवद्र्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्य भएको बताए । प्रतिस्थापन गर्न बनेको विधेयकहरुको विरोध हुनु वैचारिक र सैद्धान्तिक रुपले गलत भएको उनको भनाइ छ ।
प्रतिक्रिया