समाचार

शेयर बजार परिसूचक नेप्से आज पनि घट्यो


काठमाडौं—शेयर बजार परिसूचक नेप्से आजपनि घटेको छ । नेप्से आज ३२ दशमलव २१ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव २० विन्दुमा झरेको छ ।

शेयर बजार लगातार सातौं कारोबार दिन घटेको हो । आज विकास बैंकबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर साढे २ प्रतिशतले ओरालो लागेको छ । यस्तै फाइनान्स, जलविद्युत्, लगानी, अन्य, व्यापार समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज बजार घटे पनि कारोबार रकमभने सामान्य बढेको छ । हिजो ८ अर्ब ३७ करोडको कारोबार भएकोमा आज ३ सय ३ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ३९ करोड रुपैयाँमा किनबेच भएको छ ।