राजनीति

शीर्ष नेता फेल, नागरिकले पूर्वराजा गुहारे, गणतन्त्र गन्हायो भन्दै सडकमै पोखियो आक्रोश (भिडियोे)

योहो संवाददाता

आइतबार सङ्घीय राजधानी काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ देखिएको भीडले गणतन्त्रवादी दलहरूलाई ठूलै धक्का दिएको छ । राष्ट्रिय झण्डा र बाजागाजासहित शाहको अभिनन्दनमा उर्लिएको जनसागरले विमानस्थलदेखि निर्मल निवाससम्म जयजयकारको नाराले गुञ्जिदा गणतन्त्रका हिमायतीहरूलाई एक पटक सोच्न बाध्य बनाएको छ । गणतन्त्रप्रति नागरिकको बढ्दो असन्तुष्टिको परिणाम सडकमा स्पष्ट देखियो ।

जनताले विश्वास गरेर देश बनाउलान् भन्ने आशाले गणतन्त्र पक्षधर दललाई देशको चाबी थमाइदिए पनि चरम भ्रष्टाचार र बेथिति मौलाउँदा यो परिस्थिति आएको प्रदर्शनकारीहरुको बुझाई छ । विगतमा दरबारको पाउ मोल्नेहरू नै सत्ताको नेतृत्वमा पुग्दा उनीहरूमा पनि दरबारिया प्रवृत्ति हाबी भएको धेरैको ठम्याई छ ।