मनोरञ्जन

चलचित्र ‘तीनतारा’को छायांकन सम्पन्न


काठमाडौ । माउण्टेन र्याट्स मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको चलचित्र तीनताराको छायांकन सम्पन्न भएको छ ।

मोरङ र सुनसरीका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध र परिवर्तनको कथा देखाइनेछ ।

जीवन दाहालको पहिलो निर्देशनमा बनेको उक्त चलचित्रमा घनश्याम जोशी, उत्तम पाण्डे, दिपेन्द्र शाही, रुपेश तामाङ, अशोक गौतम, नविन चन्द्र अर्याल, सबिन भट्टराई, भरत कार्की, सुष्मा निरौला लगायतको अभिनय रहेको छ ।

निर्देशक दाहाल आफैंले लेखेको कथाले मित्रताको महत्व, जीवनका उतारचढाव र समयले ल्याउने परिवर्तनलाई सूक्ष्म रुपमा प्रस्तुत गरेको छ ।

फोटोग्राफी निर्देशन अतुल आनन्द र छायाकार पवन सिग्देल रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम आरपी प्रोडक्सन्सले गर्ने जनाइएको छ । चलचित्रको निर्माण टोलीले चाँडै नै प्रदर्शन मिति घोषणा गर्ने जनाएको छ ।