काठमाडौं —नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् । सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पु¥याउने काम गरेकोप्रति उनले आपत्ति जनाए । राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । पूर्व अर्थमन्त्री समेत रहेका पुृनले कालो धनलाई सेतो बनाउन सहकारी दुरुपयोग भएको भन्दै बचत तथा ऋण सहकारीहरू नियमन गर्ने अधिकार सम्मन्न निकाय गठन हुनुपर्ने बताए ।
Breaking
प्रतिक्रिया