अन्तर्राष्ट्रिय

बैंककमा विमान दुर्घटनाहुँदा ९ जनाकै मृत्यु


थाइल्यान्डको राजधानी बैंकक नजिक विमान दुर्घटनाहुँदा सवार रहेको सवै ९जनाको मृत्युभएको छ । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए ।

विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो ।

विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो ।
हिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।