बंगलादेशमा आरक्षणविरुद्ध प्रदर्शन चर्किदै गएको छ ।
विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा राजधानी ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलिएको छ । सिराजगञ्जमा १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शनसरकार विरोधी आन्दोलनमा बदलिएको छ ।
विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका छन् ।आन्दोलनरत विद्यार्थीहरूको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेको छ । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान गरेका छन् ।
यसैबीच,हिंसा फैलिएपछि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ भने अनिश्चितकालीन कर्फ्यु लगाइएको छ । ढाकामा मोबाइल, इन्टरनेट सेवा बन्द गरिएको छ। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आगजनीमा संलग्नहरू विद्यार्थी नभई आतंकवादी भएको बताएकी छिन् ।
प्रतिक्रिया